डोरियन आँधीबाट बहमासमा बीस जनाको ज्यान गयो

डिसी नेपाल
२० भदौ २०७६ ६:३४

फिपोर्ट बहमास । संयुक्तराज्य अमेरिकाको बहमास द्वीपलाई केन्द्रविन्दु पारेर आएको डोरियन नामको आँधीका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या २० पुगेको छ । समुद्रको छाल र भिषण वर्षाका कारण बहमासको जनजीवन अस्तव्यस्त भएको छ ।

बहमासका प्रधानमन्त्री हुबर्ट मिन्निसले गत सोमबार बहमास द्वीपका जनताका लागि यो आँधी “इतिहासकै दुःखान्त”को संज्ञा दिएका छन्। द्वीपबाट उद्धार गरिएका हजारौं व्यक्ति अमेरिकी पूर्वीतटीय इलाकामा आइपुगेका छन् ।

बहमासमा आएका यस आँधीबाट बुधबारसम्म २० जनाको ज्यान गएको आधिकारीक पुष्टि भएको छ । फ्लोरिडामा १२१ वटा अस्थायी शिविरमा नौ हजार ५०० भन्दा बढी मानिसले शरण लिएका छन् । यस आँधीबाट लाखौ मानिस प्रभावित भएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *