यू–१९ एसिया कपः नेपाललाई बलियो श्रीलंकाको चुनौति

डिसी नेपाल
२० भदौ २०७६ ६:५५

काठमाडौं । श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपालले आज आयोजक तथा टेष्ट राष्ट्र श्रीलंकासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्दैछ ।

नेपाल र घरेलु टिम श्रीलंकाबीचको खेल आर प्रेमादशा अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । खेल नेपाली समय अनुसार बिहान १०ः१५ मा सुरु हुनेछ ।घरेलु टोलीविरुद्ध मैदान उत्रँदा नेपाल सुखद सुरुवात गर्न चाहन्छ । तर, टेष्ट राष्ट्रविरुद्ध नेपाललाई सहज भने छैन ।

नेपाल र श्रीलंकाबीचको पछिल्लो हेड टु हेड नतिजामा घरेलु टिम बलियो देखिएको छ । यू–१९ एसिया कपको पछिल्लो ५ खेलमा नेपालले श्रीलंकालाई हराउन सकेको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *