फगर मेसिनले काठमाडौंमा यसरी गरिँदैछ डेंगु नियन्त्रण (फोटोफिचर)

डिसी नेपाल
२० भदौ २०७६ ७:३६

काठमाडौं। यतिबेला डेङ्गुको संक्रमण बढ्दो छ। देशका विभिन्न जिल्लामा डेङ्गुका विरामीहरुको संख्या पनि बढिरहेको छ। डेङ्गु सङ्क्रमणबाट हिजोमात्रै सिन्धुपाल्चोकमा एक जनाको मृत्यु भएको छ।

इन्द्रावती गाउँपालिका–१२ भिमटारका ६५ वर्षीय रामबहादुर दनुवारको उपचारको क्रममा मृत्यु भएको हो।

काठमाडौंमा उपत्यकामा समेत केही समयअघि डेङ्गुको संक्रमण देखिसकेको छ। यसको प्रकोप बढ्दै गएपछि काठमाडौंको विभिन्न स्थानमा डेङ्गु नियन्त्रणका लागि फगर मेसिन मार्फत औषधी छर्ने कार्य भइरहेको छ।

क्रुबी फाउन्डेसन नामक संस्थासँगको सहकार्यमा औषधी छर्ने काम भइरहेको हो। हिजोमात्रै १२, १३ र १४ नम्बर वडाभित्र औषधी छरिएको छ। यसअघि विभिन्न वडामा डेङ्गु नियन्त्रणका लागि औषधी छर्ने काम भइसकेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *