चोटपछि पुनरागमन गरेका स्मिथले लगाए दोहोरो सतक

डिसी नेपाल
२० भदौ २०७६ ७:२१

एजेन्सी । एसेज सिरिज अन्तर्गत इंग्ल्याण्डविरुद्धको चौंथो टेष्टमा अष्ट्रेलियाका ब्याट्सम्यान स्टिभ स्मिथले दोहोरो शतक बनाएका छन् । म्यानचेस्टरमा टस जितेर पहिले ब्याटिङ गरिरहेको अष्ट्रेलियाका लागि स्मिथले पहिलो इनिङ्समा दोहोरो शतक बनाएका हुन् ।

पहिलो दिनको समाप्तिमा ६० रन बनाएर क्रिजमा रहेका स्मिथले दोस्रो दिन २११ रनको दोहोरो शतक बनाएर आउट भएका छन् ।

दोहोरो शतक बनाउने क्रममा स्मिथले ३१९ बलमा २४ चौका र २ छक्का प्रहार गरे । यस्तै उनी इंग्ल्याण्ड विरुद्ध सर्वाधिक टेष्ट सतक हान्नेमा दोस्रो नम्बरमा आएको छ। उनी भन्दा अगाडी डन ब्राडम्यान रहेका छन्।

चोटबाट मुक्त हुँदै टिममा पुनरागमन गरेका स्मिथले उत्कृष्ट प्रदर्शन गरेका हुन् । चोटका कारण स्मिथले तेस्रो टेष्ट गुमाएका थिए । दोस्रो टेष्ट क्रिकेटको दौरान घाइते भएका स्मिथले तेस्रो टेष्ट गुमाएका थिए ।

दोस्रो टेष्टमा ब्याटिङ गर्ने क्रममा बलले लाग्दा स्मिथ घाइते भएका थिए । इंग्ल्याण्डका तीव्र गतिका बलर जोफ्रा आर्चरको बाउन्सर बलले लाग्दा उनि घाइते भएका थिए । उनको घाटीमा बलले लागेको थियो ।

स्मिथको दोहोरो शतकसँगै अष्ट्रेलियाले पहिलो इनिङ्समा ८ विकेट गुमाएर ४६३ रन बनाएर खेलिरहेको छ । पहिलो दिनको समाप्तिमा अष्ट्रेलियाले ३ विकेट गुमाएर १७० रन बनाएको थियो । दुई टोलीबीचको पाँच खेलको सिरिज १–१ को बराबरीमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *