थाइल्याण्ड क्रिकेटमा नयाँ इतिहास!

डिसी नेपाल
२० भदौ २०७६ ७:३८

एजेन्सी । थाइल्याण्डले क्रिकेटमा नयाँ इतिहास बनाएको छ । महिला विश्वकप छनोटमा बंगलादेशसँगै छनोट भएपछि थाइल्याण्डले पहिलो पटक महिला टी २० विश्वकप खेल्ने भएको छ । यो भन्दा पहिला थाइल्याण्ड महिला र पुरुष कुनै पनि विश्वकपमा छनोट भएको थिएन।

अर्को बर्ष अष्ट्रेलियामा हुने विश्वकपमा स्थान बनाउने क्रममा थाइल्याण्डले पीएनजीलाई आठ विकेटले हरायो । पीएनजीले दिएको ६८ रनको लक्ष्य उसले दुई विकेट गुमाएर पुरा गर्यो ।

कुनै समय नेपालभन्दा पछाडी रहेको थाइल्याण्ड पछिल्लो पटक एसोसियन टिममा सबैभन्दा बलियो टिममा रुपमा अगाडी बढेको छ ।

यस्तै बंगलादेशले पनि विश्वकपमा स्थान बनाउन सफल भयो । चौथो पटक विश्वकपमा स्थान बनाउने क्रममा आयरल्याण्डलाई पराजित गर्यो । यसअघि उसले २०१४, २०१६ र २०१८ मा विश्वकप खेलेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *