युरो छनोटमा स्पेनको कठिन जित

डिसी नेपाल
२० भदौ २०७६ ८:५२

एजेन्सी । सन् २०२० मा आयोजना हुने युरो कपको छनोटमा स्पेनले कठिन जित निकालेको छ । बिहिबार राति भएको खेलमा १० खेलाडीमा सिमित स्पेनले रोमानियालाई २–१ गोल अन्तरले पराजित गरेको छ ।

रोमानियाको मैदानमा स्पेनलाई जित दिलाउन सर्जियो रामोस र पाको अल्कासरले एक एक गोल गरे । रोमानियाका फ्लोरिन इन्डोनले एक गोल फर्काए । खेलको २९ औं मिनेटमा रामोसले पेनाल्टीमा गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । खेलको ४७ औं मिनेटमा अल्कासरले गोल गर्दै स्पेनलाई २–० अग्रता दिलाए ।

खेलको ५९ औं मिनेटमा रोमानियाका फ्लोरिनले गोल गर्दै खेल २–१ मा ल्याए । त्यसपछि खेलमा दुवै टोलीबाट थप गोल भएन र स्पेनले २–१ को जित निकाल्यो । यस्तै खेलको ७९ औं मिनेटमा डिएगो लोरेन्टोले रातो कार्ड पाउँदा स्पेन १० खेलाडीमा समेटिएको थियो ।

यो जितसँगै समूह एफ मा स्पेनले अपराजित यात्रा कायम राखेको छ । स्पेनको यो छनोटमा पाँचौं जित हो । स्पेनले ५ खेलबाट १५ अंक जोडेको छ । स्पेन शीर्ष स्थानमा छ । ५ खेलमा ७ अंक जोडेको रोमानिया चौंथो स्थानमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *