डेनमार्कको आधा दर्जन गोल

डिसी नेपाल
२० भदौ २०७६ १०:३२

एजेन्सी । सन् २०२० मा आयोजना हुने युरो कपको छनोटमा डेनमार्कले फराकिलो जित निकालेको छ । बिहिबार राति भएको खेलमा जिब्राल्टरलाई ६–० गोल अन्तरले पराजित गर्दै डेनमार्कले फराकिलो जित निकालेको हो ।

जिब्राल्टरविरुद्ध एकतर्फी जित निकाल्ने क्रममा डेनमार्कका लागि क्रिस्टियन एरिक्सन र क्रिस्टियन जिट्कायरले दुई दुई गोल गरे । यस्तै रोबर्टो स्कोभ र थोमस डिलाने एक एक गोल गरे ।

जिब्राल्टरविरुद्ध डेनमार्कले पहिलो हाफमा दुई र दोस्रो हाफमा चार गोल गरेको थियो । जितसँगै समूह डी को डेनमार्कले चार खेलबाट ८ अंक जोडेको छ । र, डेनमार्क तालिकाको दोस्रो स्थानमा रहेको छ । डेनमार्कको यो दोस्रो जित हो ।

चार खेलमै पराजित जिब्राल्टर समूहको पुछारमा रहेको छ । यसै समूहको अर्को खेलमा शीर्ष स्थानको आयरल्याण्ड र स्विजरल्याण्डले १–१ गोलको बराबरी खेल्दै अंक बाडेका छन् ।

आयरल्याण्ड ५ खेलबाट ११ अंक जोडेर शीर्ष स्थानमा रहदा ५ अंक जोडेको स्विजरल्याण्ड तेस्रो स्थानमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *