यु–१९ एसिया कपः नेपालले श्रीलंकालाई दियो ४२ ओभरमा १६० रनको लक्ष्य

डिसी नेपाल
२० भदौ २०७६ १४:४५

काठमाडौं। यू–१९ एसिया कप अन्तर्गत नेपालले श्रीलंकालाई ४२ ओभरमा १६० रनको लक्ष्य दिएको छ । आजको खेलमा नेपालको इनिङ चलिरहँदा वर्षाले खेल प्रभावित भएपछि ५० ओभरको खेललाई ४२ ओभरमा झारिएको थियो । नेपालले ९ ओभरको खेल सकिँदा ४३ रन बनाएर २ विकेट गुमाउँदा वर्षाले रोकिएको थियो।

नेपालले ४२ ओभरमा ९ विकेट गुमाउँदै १५९ रन बनाएको हो । नेपालका लागि ओपनर रित गौतमले अर्धशतकीय पारी खेले । उनले ५४ रन बनाए । कप्तान रोहित पौडेलले ४७ रनको योगदान दिए । राशिद खानले १५ र हरि बहादुर चौहानले १२ रन बनाउँदा अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा स्कोर गर्न सकेनन् । श्रीलंकाका लागि नावोद दिनुश्री र दिलशान मधुशंकाले ३–३ विकेट लिए । रोहन संजय सिल्भा र शासियान डेनियलले १–१ विकेट लिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *