साहोका निर्देशकले भावुक हुँदै दर्शकलाई गरे यस्तो आग्रह
एजेन्सी। हालै रिलिज भएको ‘साहो’ का निर्देशक सुजितले इन्स्टाग्राममा एउटा भावुक पोष्ट सेयर गरेर दर्शकलाई दोस्रोपटक फिल्म हेर्न अपिल गरेका छन् । उनले पोष्टमा आफ्नो फिल्म निर्माण यात्रा सेयर गर्दै दर्शकले किन दोस्रोपटक फिल्म हेर्नुपर्छ भनेर पनि जानकारी दिएका छन् ।
सुजितले लेखेका छन्, ‘जब म १७ वर्षको थिएँ तब पहिलो शर्ट फिल्म बनाएको थिएँ । न पैसा थियो, न टिम तर अरकुट र परिवारको अत्यधिक समर्थन थियो । उक्त शर्ट फिल्मको ९० प्रतिशत भाग मैले नै छायांकन, निर्देशन र एडिट गरेको थिएँ ।’
सुजितले थप लेखेका छन्, ‘मैले आफ्नो गल्तीले सिकेको छु । आलोचना मेरो यात्रामा सधैं एक्स्ट्रा बुस्टको रुपमा रह्यो । निकै लामो यात्रा निश्चित गरेँ र विभिन्न बाधाको सामना गर्नुपर्यो । तर कहिले पनि हार मानिनँ । आज थुप्रैले ‘साहो’ हेर्नुभएको छ । कतिले धेरै अपेक्षा गर्नुभएको थियो तर कतिलाई यो मनपर्यो । फिल्म हेरेकोमा सबैलाई धन्यवाद । यदि केही छुटेको महसुस भएको छ भने यो पुनः हेर्नुहोला । मलाई विश्वास छ तपाईंलाई थप मज्जा आउनेछ ।’
Facebook Comment