ए डिभिजन लिग मंसिर अन्तिम हप्तादेखि हुने

डिसी नेपाल
२० भदौ २०७६ २३:१५

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग मंसिर अन्तिम हप्ता शुरु हुने भएको छ ।अखिल नेपाल फुटबल संघ (एन्फा) ले ए डिभिजन लिग मंसिर २८ गतेबाट हुने जनाएको छ ।

यस्तै एन्फाले अर्को सालबाट भने स्थाई रुपमा नोभेम्बर १ गतेबाट लिग गराउने निर्णय गरेको छ ।

लिगमा ए डिभिजनका १४ क्लबले खेल्नेछन् । प्रतियोगिताका लागि १४ क्लबले १८–१८ खेलाडी दर्ता समेत गराईसकेको एन्फाले जनाएको छ ।

एन्फाले गत वर्ष आयोजना गरेको रेलिगेसनबिनाको ए डिभिजन लिगको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *