त्रिकोणीय क्रिकेट श्रृंखलाः नेपालले पहिलो खेल जिम्बाबेसँग खेल्ने

डिसी नेपाल
२० भदौ २०७६ २३:१८

काठमाडौं । सिंगापुरमा तीन राष्ट्रबीच आयोजना हुने त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको पहिलो खेलमा नेपालले जिम्बाबेसँग खेल्ने भएको छ ।

सिंगापुर क्रिकेट एसोसियसनले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले पहिलो खेलमा टेष्ट राष्ट्रसँग खेल्ने भएको हो । सिरिजमा आयोजक सिंगापुरसहित नेपाल र जिम्बाबेबीच प्रतिस्पर्धा हुनेछ ।

सिंगापुर क्रिकेटको अनुसार नेपालले सेप्टेम्बर २७ मा जिम्बाबेसँग खेल्नेछ । यस्तै २८ सेप्टेम्बरमा नेपालले सिंगापुरसँग खेल्नेछ । डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजमा नेपालले जिम्बाबेसँग अक्टोबर १ मा दोस्रो खेल खेल्नेछ । यस्तै २ अक्टोबरमा सिंगापुरसँग खेल्नेछ ।

डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । सबै खेल राति हुनेछ ।

सिंगापुरले विश्वकपको ग्लोबल छनोटको तयारीका लागि सिरिज आयोजना गर्न लागेको हो । घरेलु मैदानमा भएको एसिया छनोटको उपाधि जित्दै सिंगापुरले ग्लोबल छनोटमा स्थान बनाएको हो ।

नेपाल यो सिरिजपछि ओमान जानेछ । नेपालले ओमानमा ५ राष्ट्र सम्मलित टी–ट्वान्टी सिरिज खेल्नेछ । अक्टोबर ५ देखि १० सम्म हुने सिरिजमा नेपालसहित आयरल्याण्ड,ओमान, हङकङ र नेदरल्याण्ड रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *