युरो छनोटमा नेदरल्याण्डसँग जर्मनी स्तब्ध

डिसी नेपाल
२१ भदौ २०७६ ८:१०

एजेन्सी । युरो छनोटको खेलमा नेदरल्याण्डले जर्मनीमाथि ४–२ को शानदार जित निकाल्न सफल भएको छ । रोमाञ्चक देखिएको दोस्रो हाफमा चार गोल गर्दै डच टोलीले जर्मनीबाट फराकिलो जित आत्मसाथ गरेको हो ।

सर्ज गनब्रीले खेलको नवौ मिनेटमा गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए । ५९ औ मिनेटमा फ्रेन्की डे जोङले डच टोलीका लागि बराबरी गोल फर्काए । ६६ औ मिनेटमा जोनाथन ताहको आत्मघाति गोलमा डच क्लबले अग्रता लियो।

७३ औ मिनेटमा टोनी क्रुसले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । तर ७९ औ मिनेटमा डोनयल मेलनले गोल गर्दै पुन नेदरल्याण्डलाई अग्रता दिलाए । खेलको अन्तिम मिनेटमा गोल गर्दै जर्जिनियो विजनलडमले डच टोलीलाई ४–२ को जित दिलाए ।

नेदरल्याण्डले सन् २००२ पछि पहिलो पटक जर्मनीलाई हराएको हो । नतिजापछि जर्मनी तालिकाको शीर्ष स्थानमा उक्लिन असफल रह्यो । टोली अझै नर्दन आयरल्याण्ड भन्दा तल रहेको छ । पछिल्लो जितले डच टोली दोस्रो स्थानको जर्मनी भन्दा मात्र तीन अंकले पछाडी छ ।

नर्दन आयरल्याण्डविरुद्व दुई खेलमा सकारात्मक नतिजा निकाल्दै नेदरल्याण्डलाई तालिकाको शीर्ष स्थानमा फर्कन अवसर छ । समुह सीकै खेलमा बेलारुसले इस्टोनियालाई हराउँदै तालिकामा तीन अंक जोडेको छ ।

आयरल्याण्ड टिम ४ खेलबाट १२ अंक सहित तालिकाको शीर्ष स्थानमा छ । दोस्रो स्थानको जर्मनीको ९ अंक छ । एक खेल कम खेलेको नेदरल्याण्डको ६ अंक छ । बेलारुसले ५ खेलमा पहिलो जित निकाल्दै ३ अंक जोडेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *