नेयमारको गोल, मैत्रीपुर्ण खेलमा ब्राजिलको बराबरी

डिसी नेपाल
२१ भदौ २०७६ ९:२२

एजेन्सी । ब्राजिलले अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा कोलम्बियासँग बराबरी खेलेको छ । शनिबार बिहान भएको मैत्रीपूर्ण खेलमा ब्राजिलले कोलम्बियासँग २–२ गोलको बराबरी खेलेको हो । पहिलो हाफमा २–१ ले पछि परेको ब्राजिललाई खेलको दोस्रो हाफमा नेयमारले गोल हारबाट जोगाएका हुन् ।

खेलमा सुरुवाती अग्रता भने ब्राजिलले नै बनाएको थियो । खेलको १९ औं मिनेटमा कासिमिरोले गोल गर्दै ब्राजिललाई १–० को अग्रता दिलाएका थिए । तर, खेलको २५ औं मिनेटमा लुइस मुरिएलले गोल गर्दै कोलम्बियालाई खेलमा फर्काएका थिए ।

खेलको ३५ औं मिनेटमा मुरिएलले व्यक्तिगत दोस्रो गोल गर्दै कोलम्बियालाई २–१ को अग्रता दिलाए । तर, खेलको ५८ औं मिनेटमा नेयमारले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याएर ब्राजिललाई हारबाट जोगाए ।

कोपा अमेरिकाअघि चोट बोक्दै लामो समय मैदान बाहिर रहेका नेयमार कोलम्बियासँगको खेलबाट ब्राजिलियन टिममा फर्किएका हुन् । अर्को मैत्रीपूर्ण खेलमा मेक्सिकोले अमेरिकालाई ३–० ले हराएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *