बेलको गोलमा वेल्सको जित

डिसी नेपाल
२१ भदौ २०७६ ९:२९

एजेन्सी । युरो छनोटमा वेल्सले अजरवैजानलाई हराएको छ । शुक्रबार राति भएको खेलमा वेल्सले अजरवैजानलाई २–१ ले हराएको हो ।

बराबरीतर्फ उन्मुख खेलमा ग्यारेथ बेलले गोल गर्दै वेल्सलाई जोगाए । उनले वेल्सका लागि विजयी गोल गरे। २६ औ मिनेटमा पावेल पाशायेवको आत्मघाति गोलमा वेल्सले खेलमा अग्रता बनाएको थियो ।

५९ औ मिनेटमा माहिर इमलीले खेल बराबरीमा ल्याए । ८४ औ मिनेटमा ग्यारेथ बेलले गोल गर्दै वेल्सलाई जित दिलाउन सफल रहे । कप्तान समेत रहेको बेल वेल्सका सर्वाधिक गोलकर्ता हुन् । उनैको गोलमा वेल्सले युरो छनोटको सम्भावनालाई जिवित राखेको छ ।

समुह ईको खेलमा वेल्स ४ खेलबाट ६ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । अजरवैजान अंक विहिन हुदै पुछारमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *