साफ यू–१८ फुटबलका लागि २५ खेलाडी छनोट

डिसी नेपाल
२१ भदौ २०७६ १०:०८

काठमाडौं । नेपालमा आयोजना हुने तेस्रो संस्करणको साफ यू–१८ च्याम्पियनसिप फुटबलका लागि नेपालले दोस्रो चरणमा २५ खेलाडी छनोट गरेको छ ।

नेपाली टोलीका मुख्य प्रशिक्षक चेत नारायण श्रेष्ठले शुक्रबार प्रारम्भिक चरणमा रहेका ३० खेलाडीबाट २५ खेलाडी छनोट गरेका छन् । प्रारम्भिक चरणमा रहेका ३० खेलाडीमध्ये दोस्रो चरणमा ५ खेलाडी टिमबाट बाहिरिएका छन् । अब एन्फाले ३० सदस्सीय टोलीबाट अन्तिम २३ सदस्सीय नेपाली टोलीको घोषणा गर्नेछ ।

साफ यू–१८ फुटबल आगामी असोज ३ गतेबाट १२ गतेसम्म हुनेछ । शसस्त्र प्रहरी बलको मैदान हलचोकमा हुने प्रतियोगितामा नेपाल समूह ए मा रहेको छ । नेपालको समूहमा पाकिस्तान, माल्दिभ्स, भुटान छन् । नेपाल यस अघिका दुवै संस्करणको च्याम्पियन टिम हो । नेपालले माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।

नेपाली टिमः

गोलरक्षकः विशाल सुनार, रोहित कार्की, सुर्य अधिकारी, पुजन होना

डिफेन्डरः बिशाल बस्नेत, रन्दिप पौडेल, पदम भट्टराई, सुजन शर्मा, नविन गुरुङ, रोहन दोङ, अलिक रुम्बा, एन्जल महर्जन

मिडफिल्डरः शिशिर लेखी, दिपेश गुरुङ, रोशन राना मगर, आकाश बुढा मगर, जया गुरुङ, मनिष थापा, कौशल फुयाल, नितिन थापा

स्ट्राइकरः ब्रिजेश चौधरी, साचु गुरुङ, कैलाश लामिछाने, दर्शन गुरुङ, मनिष डाँगी




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *