पाकिस्तानमा #इण्डियाफेल्ड ट्रेण्डिङ, भारतको असफलतामा विज्ञानमन्त्रीले यसरी खिल्ली उडाए

डिसी नेपाल
२१ भदौ २०७६ ११:२३

काठमाडौं। भारतको महत्वाकांक्षी अन्तरिक्ष परियोजना ‘चन्द्रयान–२’ अन्ततः अन्तिम समयमा असफल भएको छ । ४७ दिनको यात्रापछि चन्द्रमाको सतहनजिकै पुगेको चन्द्रयान–२ को चन्द्रमाको सतहबाट २ किलोमिटरको दूरीमा हुँदा भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो)सँग सम्पर्क टुटेको छ । २ किलोमिटर बाँकी हुँदा चन्द्रयानको ल्याण्डर ‘बिक्रम’ सम्पर्कविहीन भयो । यही ल्याण्डरको माध्यमले चन्द्रयान चन्द्रमाको सतहमा अवतरण गर्नुपर्ने थियो ।

इसरोका प्रमुख सिवनका अनुसार सुरुवातमा सबै सामान्य थियो तर चन्द्रमाको सतहबाट अन्तिम २.१ किलोमिटर पहिले सम्पर्क विच्छेद भयो । सिवनका अनुसार यससँग सम्बन्धित तथ्यांकको विश्लेषण भइरहेको छ । अहिलेसम्म अमेरिका रुस र चीनले मात्र चन्द्रमाको सतहमा अन्तरिक्षणनलाई ‘सफ्ट ल्याण्डिङ’ गर्ने काममा सफलता पाएका छन् । भारत यो उपलब्धी हासिल गर्ने चौथो देश बन्ने प्रयासमा थियो तर असफल भयो ।

भारतीय प्रधानमन्त्री ल्याण्डिङको समयमा यसको प्रत्यक्ष अवलोकन गर्न शुक्रबार राती इसरोको मुख्यालय बैंगलोर पुगेका थिए । मिशन असफल भएपछि उनले वैज्ञानिकहरुलाई सान्त्वना दिए र ठूलो मिशनमा उतार चढाव भइरहने बताए । भारतमा यो मिशनलाई लिएर निकै उत्साह थियो । मिडियाहरुले यो विषयलाई निकै महत्व दिएका थिए । यतिमात्र होइन भारतीय मिडियाले सफलताको उन्मादमा पाकिस्तानलाई लक्षित गर्दै व्यङ्ग्य समेत गरेका थिए । भारतको असफलतापछि पाकिस्तानबाट उस्तै किसिमले व्यङग्यको वर्षा भएको छ ।

पाकिस्तानका विज्ञान तथा प्रविधिमन्त्री फवाद हुसैन चौधरीले चन्द्रयान २ सँग सम्पर्क विच्छेद भएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले दिएको प्रतिक्रियाको भिडियो रिट्वीट गर्दै लेखे ‘मोदीजीले स्याटेलाइट कम्युनिकेशनमा भाषण दिइरहनुभएको छ । खासमा उहाँ नेता होइन अन्तरिक्षयात्री हो । लोकसभाले मोदीसँग गरिब देशको ९०० करोड बर्बाद गरेको विषयमा प्रश्न सोध्नुपर्छ । आफ्नो अर्को ट्वीटमा फवाद चौधरीले लेखे ‘म अचम्मित छु कि भारतीय ट्रोलहरुले मलाई गाली गरिरहेका छन्, मानौं उनीहरुको चन्द्रमा मिशन मैले असफल बनाइदिएको हुँ । भाइ हामीले यी नालायकहरुमाथि ९०० करोड खर्च गर्न भनेका थियौं ? अब धैर्य गर र सुत्ने कोसिस गर ।’ अभय कश्यप नामका एक भारतीयले फवाद चौधरीसँग असन्तुष्टि जनाएपछि उनले जवाफमा लेखे ‘सुत भाइ मुनको बदलामा मुम्बइमा उत्रियो खेलौना । जो काम लाग्दैन निहुँ खोज्नु हुँदैन नि ।’

फवाद चौधरीको जवाफमा भारतका एक पत्रकार आदित्य राज कौलले भने ‘यो व्यक्ति पाकिस्तानको लागि पनि ठिक छेन । जसरी सूचना मन्त्रीको पदबाट हटाइएको थियो त्यसैगरी वित्रान तथा प्रविधि मन्त्रालयबाट हाटाउनुपर्छ । यिनको एउटै काम छ सूर्योदय र चन्द्रमाको समय नोट गर्ने । यो के अज्ञानता हो । आफ्नो बुद्धि बेचेर खाएछन् ।’ पाकिस्तानमा अहिले ट्वीटरमा ह्याशट्याग इण्डियाफेल्ड टप ट्रेण्ड गरिरहेको छ । यो ह्याशट्यागसँगै पाकिस्तानमा भारतको असफलताको खिल्ली उडाइएको छ ।

पाकिस्तानी सेनाका प्रवक्ता आसिफ गफूरले ट्वीट गरेर भनेका छन् ‘धेरै राम्रो इसरो । कसको गल्ती हो ? पहिलो – निर्दोष कश्मिरीहरुको जसलाई कैद गरेर राखिएको छ ? दोस्रो – मुस्लिम र अल्पसंख्यकको ? तेस्रो – भारतभित्र हिन्दूत्व विरोधी आवाज ? चौथो – आइएसआइ ? तपाइँलाई हिन्दूत्वले कहीँ लिएर जाँदैन । पाकिस्तानमा सामाजिक संजालमा भारतको यो मिशनको खिल्ली उडाइएको छ । कैयौं मानिसहरु त यसलाई विंग कमाण्डर अभिनन्दनसँग जोडिरहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *