नाडाल युएस ओपन टेनिसको फाइनलमा, फेडेररसँग बराबरी गर्ने मौका

डिसी नेपाल
२१ भदौ २०७६ ११:२५

एजेन्सी । राफायल नाडाल युएस ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन् । नेपाली समय अनुसार शनिबार बिहान भएको फाइनलमा जित निकाल्दै दोस्रो बरियताका स्पेनिस खेलाडी नाडालले उपाधि भिडन्त पक्का गरेका हुन् ।

३३ वर्षका नाडालले इटालियन खेलाडी मातेओ बेर्रेतिनीलाई पराजित गरेर फाइनलमा स्थान बनाएका छन् । नाडालले २४ औँ बरियताका २३ वर्षे मातेओलाई ७–६ (८–६), ६–४ र ६–१ को सेटमा पराजित गरेर फाइनलमा स्थान बनाएका हुन् ।

तीनपटकका युएस ओपन च्याम्पियन नाडालले आइतबार हुने फाइनलमा पाँचौँ बरियताका रुसी खेलाडी ड्यानिल मेडभेडेभसँग प्रतिस्पर्धा गर्ने छन्।नाडालले यसपटक युएस ओपनको उपाधि जितेमा रोजर फेडेररले समान २० ग्राण्डसलाम उपाधि जित्ने छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *