नेपाली टोली स्वदेश फिर्ता, आजै ताईपेइ जाने!

डिसी नेपाल
२१ भदौ २०७६ १२:२४

काठमाडौं । कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकपका लागि एसिया छनोटको दोस्रो चरण अन्तर्गत कुवेतसँगको खेल खेलेर नेपाली राष्ट्रिय फुटबल टोली आज स्वदेश फर्किएका छन् ।

कुवेतसँग उसैको मैदानमा पहिलो खेल खेलेको नेपाली टोली शनिबार बिहान नेपाल आईपुगेको हो । नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष शिक्षित पराजुली लगायतले स्वागत गरेका थिए ।

विश्वकप छनोट अन्तर्गत कुवेतसँगको पहिलो खेलमा नेपालले खराब प्रदर्शन गरेको थियो । कुवेतसँग नेपाल ७-० गोल अन्तरले पराजित भएको थियो।बलियो टिम कुवेतविरुद्ध नेपालले पहिलो हाफमा २ गोल खाएको थियो । दोस्रो हाफमा भने ५ गोल खादै फराकिलो हार व्यहोर्नु परेको थियो ।

छनोटको समूह बी रहेको नेपाली टोली विश्वकप छनोट अन्तर्गत दोस्रो खेल खेल्न आजै चाइनिज ताईपेइ जाने छन् । नेपाली टोली राति १० बजे त्यसतर्फ प्रस्थान गर्ने छन् । नेपालले मंगलबार ताईपेसँग उसैको मैदानमा खेल्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *