साढुभाइले मोटरसाइकल चढेको जलनले जेलको बास !

रौतहट। विवाहमा मोटरसाइकल दाइजो नपाएको निहुँमा रौतहटमा एक युकवले श्रीमती हत्या गरेका छन् । जिल्लाको राजपुर नगरपालिका( ७ अकोलवामा २५ वर्षीया सन्जु देवीको श्रीमान र परिवारका अरु सदस्य मिलेर हत्या गरेका हुन् । श्रीमती हत्या आरोपमा प्रहरीले छानबिनका लागि मृतकका श्रीमान रामबाबु सहनी र उनका बाबु मोहन सहनीलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी नवीन कार्कीले मृतक युवतीका बाबु अविलास सहनीले दिएको किटानी जाहेरीका आधारमा बाबुछोरालाई पक्राउ गरिएको जानकारी दिए । सालीको छोरीको बिहेमा साँढुभाईलाई मोटरासइकल दाइजो दिएपछि रामबाबुले श्रीमतीमार्फत आफूलाई पनि मोटरसाइकल चाहिने भन्दै ससुरालीलाई दबाब दिएका थिए । मृतकको घाँटीमा डाम देखिएको आधारमा हत्या भएको आशंका प्रहरीले गरेको छ ।
किटानी जाहेरीमा मृतकका बाबुले केही दिनअघि आफू छोरी भेट्न जाँदा ज्वाईंसहित परिवारका सदस्यले मोटरसाइकल माग गर्दै यातना दिने गरेको गुनासो गरेको उल्लेख गरेका छन् । प्रहरीले भने पोस्टमार्टम रिपोर्टपछि मात्र हत्या वा आत्महत्या खुल्ने बताएको छ ।
Facebook Comment