अर्को अवसर पाए पनि नेयमारलाई नलैजाने निर्णयमा पुग्यो बार्सिलोना

डिसी नेपाल
२१ भदौ २०७६ १६:०७

काठमाडौं। स्पेनिस क्लब बार्सिलोनाले जनवरी ट्रान्सफरमा पेरिस सेन्ट जर्मनका फर्वार्ड नेयमारलाई क्लवमा नभित्र्याउने भएको छ । क्लवका अध्यक्ष जोसेप मारिया बार्टोमेउले जनवरीमा नेयमारसँग सम्झौता हुने सम्भावना नरहेको जनाएका हुन् । यो सिजनका लागि स्क्वार्ड तयार भईसकेको भन्दै नेयमारलाई जनवरी ट्रान्फरबाट ल्याउने योजना नभएको बताए ।

स्पेनिस वाईन्ट बार्साले ब्राजिलियन स्टारलाई पुन न्यू क्याम्पमा नै लैजानकालागि निकै मिहेनत गरेपनि सफल हुन सकेन । २०१७ मा पिएसजिले २०५ मिलियन पाउण्डमा वार्सावाट लैजादा नेयमार सबै भन्दा महँगा खेलाडी बनेका छन् । उनले फ्रेन्च च्याम्पियनको तर्फबाट दुई सिजनमा ३४ गोल गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *