टि–ट्वान्टी वरियतामा पारस गेल र लिनभन्दा पनि अगाडि

डिसी नेपाल
२१ भदौ २०७६ २०:५४

काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले सार्वजनिक गरेको पछिल्लो टि–ट्वान्टी क्रिकेटको वरियतामा नेपालका कप्तान पारस खड्का अलराउण्डरतर्फ २७ औं स्थानमा रहेका छन् । उनी टि ट्वान्टीका दिग्गज खेलाडी क्रिस गेल, महेन्द्र सिंह धोनी, क्रिस लिनभन्दा पनि राम्रो अवस्थामा रहेका हुन्।

आईसीसीले शनिबार सार्वजनिक गरेको नयाँ वरियतामा ३ जना खेलाडी समावेस छन्। वरियतामा कप्तान पारस खड्का, सोमपाल कामी र बसन्त रेग्मी अटाएका छन् ।

वरियताको अलराउण्डरतर्फ कप्तान पारस २७ औं स्थानमा रहेका छन् । कप्तान पारसले ९० रेटिङ अंक पाएका छन् । कप्तान पारस अलराउण्डरमा वेष्ट इण्डिजका आन्द्रे रसेल, क्रिस गेल, भारतका सुरेश रैना, रोहित शर्मा, अफगानिस्तानका राशिद खान र इंग्ल्याण्डका बेन स्टोक्स भन्दा अघि रहेका छन् ।

यस्तै अलराउण्डरतर्फ ४९ रेटिङ अंक पाएका नेपालका सोमपाल ६७ औं स्थानमा यथावत रहेका छन् ।

यस्तै ब्याटिङतर्फ कप्तान पारस ६८ औं स्थानमा रहेका छन् । ४१७ रेटिङ अंक पाएका कप्तान पारस ब्याटिङतर्फ भारतका महेन्द्र सिंह धोनी र वेष्ट इण्डिजका क्रिस गेल भन्दा अघि रहेका छन् ।

बलिङको वरियतामा सोमपाल र बसन्त अटाएका छन् । ४११ रेटिङ अंक पाएका सोमपाल यथावत रहदै ७८ औं स्थानमा रहेका छन् ।

यस्तै बसन्त एक स्थान तल झर्दै ७२ औं स्थानमा रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *