न्यु समिटलाई दोहोरो उपाधि

डिसी नेपाल
२१ भदौ २०७६ २२:०२

काठमाडौं। आयोजक न्यु समिट कलेजले दोश्रो टीयू बीएससी सीएसआईटी अन्तरकलेज बास्केटबल प्रतियोगितामा दोहोरो उपाधि जितेको छ । शनिवार भएको पुरुषतर्फको फाईनल खेलमा आयोजक न्यु समिटिले बर्नहार्ट कलेजलाई तथा महिलातर्फको उपाधि भिड्न्तमा एशियन स्कुल अफ मेनेजमेन्ट एण्ड टेक्नोेलोजी(एएसएमटी) कलेजलाई हराउदै दोहोरो उपाधि जितेको हो ।

पुरुषतर्फ बनहार्टलाई ४३–३७ को स्कोरमा हराउदै च्याम्पियन बन्यो भने महिलातर्फ न्यु समिटले एएसएमटी कलेजमाथी ९–८ को कठिन जित निकाल्दै उपाधि चुम्यो । न्यु समिटका लागि पुरुषको जितमा समिर तामाङले सर्वाधिक २२ स्कोर गरे । समिरनै प्रतियोगिताको उत्कृष्ट खेलाडी चुनिए । महिलातर्फ कोे जितमा न्यु समिटकी सारिसा धिमिरेको सर्वाधिक ५ स्कोरको योजदान रह्यो ।

सारिसानै प्रतियाोगिताको उत्कृष्ट खेलाडी चुनिईन् । प्रतियोगिता अवधिभर ८२ स्कोर गदै न्यु समिटका सुसान्त धिमिरेले हाईस्कोेर को उपाधि पाए । महिलातर्फ एएसएमटी कलेजकी मुना तामाङले १८ स्कोर गदै हाईस्कोेरको उपाधि जितिन् ।

प्रतियोगिताको पुरुषतर्फको बिजेताले नगद ५० हजार र उपबिजेताले २५ हजार प्राप्त गर्दा महिलातर्फको बिजेताले १५ हजार र उपबिजेताले १० हजार नगद प्राप्त गरे ।

बिजेता टिम तथा खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्कका सदस्य सचिव रमेशकुमार सिलवाल,आयोजक कलेज न्यु समिटका प्रिन्सिपल डा. शिवदत्त ज्ञावली,कार्यक्रम निर्देशक चोकराज दवाडी,केएमसी एजुकेशन नेटवर्कका ब्यवस्थापकिय निर्देशक रामेश्वर अर्याल,एजुकेशन डाईरेक्टर किशोर गाौतम,न्यु समिटका डाईरेक्टर किशोर गौतम,कार्यकारी निर्देशक रमेश पन्थीलगाएतले पुरस्कृत गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *