बिहान खाली पेटका ल्वाङ पानी खादा मिल्छ यतिधेरै फाइदा
काठमाडौँ । ल्वाङ पानी हाम्रो स्वास्थ्यको लागी एकदमै फाइदाजनक चिज हो । त्यसैले अधिकांश मानिसहरु विहान खाली पेटमा ल्वाङ पानी खाने गर्दछन् । भारतका आयुर्र्वेिदक विज्ञ अबरात मुल्तानीका अनुसार पनि ल्वाङ पानी खानु निकै फाइदाजनक हुन्छ । हेरौ के के छन् फाइदाहरु
-ल्वाङ पानी नियमित खाली पेटमा पिउदाँ तनावलाई कम गर्न मदत गर्छ ।
-ल्वाङ पानीले घाँटी दुख्ने ,जीउ दुख्ने तथा पेटको समस्या समाधान गर्छ ।
-ल्वाङ पानी नियमित खानाले निन्द्रा नलाग्ने समस्याबाट पनि मुक्ति दिन्छ ।
-ल्वाङले पाचन प्रकियालाई ठिक बनाउन मदत गर्छ ।
-शिघ्रपतनको समस्याको लागी ल्वाङ एक अचुक औषधी हो ।
-मुटुसम्बन्धी समस्याबाट पनि ल्वाङ पानीको नियमित सेवनले बचाउँछ ।
-घाउलाई चाँडै निको बनाउछ ।
-त्यस्तै रोग प्रतिरोधात्मक क्षमता बढाएर अनुहारमा समेत चमकता ल्याउँछ ।
-यदि पिनासको समस्या छ भने ल्वाङले निको बनाउँछ ।
बनाउने विधी
सुरुवातमा एउटा गिलासमा ५ वटा जति ल्वाङलाई पानीमा राती सुत्ने बेलामा भिजाएर सुत्नुस् । अनि रातभर भिजाएको ल्वाङलाई विहान निचोरेर खाली पेटमा पिउनुस् । यसरी नै नियमित रुपमा ल्वाङ पानी पिउनुभयो भने तपाईको शरिरको सबै समस्याहरु विस्तारै समाधान हुदै जानेछ ।
Facebook Comment