फेरि चुकिन् सेरेना, युएस ओपनको उपाधि बियान्कालाई

डिसी नेपाल
२२ भदौ २०७६ ६:२०

एजेन्सी । युएस ओपन टेनिसको महिलातर्फको उपाधि युवा खेलाडी बियान्का एन्ड्रीस्क्युले जितेकी छिन् ।

उपाधि भिडन्तमा सेरेना विलियम्सलाई हराउँदै बियान्काले पहिलो ग्रान्डस्लाम उपाधि उचालेकी हुन् । सेरेना करियरको २४ औ ग्रान्डस्लाम जित्न पुन एक पटक असफल रहिन् ।

३७ बर्षिया सेरेनाले १९ बर्षकी बियन्कासंग खेल ६–३ र ७–५ को सेटमा गुमाउन पुगिन। १५ औ वरियताकी क्यानेडियन बियन्काले करियरको पहिलो ग्रान्डस्लाम उपाधि उचाल्न सफल भईन् ।

सेरेना पुन चौथा पटक मुख्य प्रतियोगिताको फाईनलमा निराश बन्न पुगिन् । उनी घरेलु मैदानमा कीर्तिमानी ग्रान्डस्लाम जित्न असफल भईन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *