रोनाल्डोको गोलमा पोर्चुगलको पहिलो जित

डिसी नेपाल
२२ भदौ २०७६ ६:३९

एजेन्सी । युरो छनोट अन्तर्गत पोर्चुगलले सर्वियालाई हराएको छ । शनिबार राति भएको समुह बीको खेलमा पोर्चुगलले सर्वियालाई ४–२ गोल अन्तरले हराएको हो ।

युरो कप तथा नेसन्स कपको विजेता पोर्चुगलले छनोट प्रतियोगितामा पहिलो जित निकालेको छ । ४२ औ मिनेटमा विलियम कार्वाल्होले गोल गर्दै पोर्चुगललाई सुरुवाती अग्रता दिलाएका थिए ।

गोनकलो गेदेसले ५८ औ मिनेटमा पोर्चुगलको अग्रता दोब्बर पारे । ६८ औ मिनेटमा सर्वियाका मिलिनकोभिकले गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने कोशिश गरेका थिए ।

८० औ मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै पोर्चुगललाई ३–१ ले अघि बढाए । मित्रोभिकले ८५ औ मिनेटमा गोल गर्दै गोल अन्तर घटाउने काम गरेका थिए । तर खेल सकिन चार मिनेट बाँकी छदाँ बर्नार्डो सिल्भाले गोल गर्दै पोर्चुगललाई फराकिलो जित दिलाए ।

सर्वियाले रियल मड्रिडका फरवार्ड लुका जेभिकलाई खेल सकिन तीन मिनेट अघि मात्र मैदान प्रवेश गराएको थियो । पोर्चुगलले आगामी मंगलबार लुथानियासंग खेल्नेछ ।

पोर्चुगलले युरो छनोटमा पहिलो जित निकल्न सफल भएको हो । समुह बीको दोस्रो स्थानको पोर्चुगलले तीन खेलबाट ५ अंक जोडेको छ। सर्विया भने ४ खेलबाट ४ अंक सहित तालिकाको चौथो स्थानमा छ । समुहको शीर्ष स्थानको युक्रेनले ५ खेलबाट १३ अंक जोडेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *