यू१९ एसिया कपः नेपाललाई जित्नै पर्ने दबाब

डिसी नेपाल
२२ भदौ २०७६ ६:५०

काठमाडौं । एसीसी यू१९ एसिया कप क्रिकेट अन्तर्गत आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। नेपाली समयअनुसार बिहान १०:१५ बजे सुरु हुने खेल नेपालको लागि ‘गर या मर’ को अवस्था रहेको छ। शुक्रबार आयोजक श्रीलंकासँग ५ विकेटले पराजित भएपछि अघिल्लो चरण कठिन भएको हो ।

आजको खेलमा नेपाल विजयी भए अघिल्लो चरणको सम्भावना कायमै रहनेछ । पराजित भए सेमिफाइनल खेल्ने सम्भावना सकिने छ । नेपालले पहिलो खेलमा श्रीलंकाविरुद्ध कमजोर प्रर्दशन गरेको थियो ।

श्रीलंकासँग नेपालका ७ ब्याट्सम्यानलले दोहोरो अंकमा रन जोड्न सकेनन् । रित गौतमले ५५ र कप्तान रोहित कुमार पौडेलले ४७ रन प्रहार गर्न बाहेक अन्य ब्याट्सम्यानको प्रर्दशन चिन्ताजकन थियो । बलिङमा पनि नेपालले अपेक्षाकृत प्रर्दशन गर्न सकेन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *