बार्सिलोनाका पूर्व स्टार इटोले फुटबलबाट बिदा लिए!

डिसी नेपाल
२२ भदौ २०७६ १०:४५

एजेन्सी । बार्सिलोनाका पूर्व स्टार स्यामुएल इटोले फुटबलबाट सन्यास लिएका छन् । क्यामरुनका लिजेण्ड इटोले शनिबार फुटबलको खेल जीवनबाट सन्यास घोषणा गरेका हुन् । ३८ वर्षे इटोले २२ वर्षे खेल जीवनपछि फुटबल बुट थन्काएका हुन् ।

पछिल्लो वर्ष कतारी क्लबबाट व्यवसायिक फुटबल खेलेका इटोले ७१८ क्लब खेलमा ३५९ गोल र ११६ एसिस्ट गरेका छन् । चार पटकको वर्ष अफ्रिकन खेलाडी घोषित इटोले ४ च्याम्पियन्स लिग, ३ ला लिगा र १ सिरी ए उपाधि जितेका छन् ।

चेल्सी र इन्टर मिलानबाट समेत खेलेका इटोले क्यामरुनबाट ११८ खेलमा ५६ गोल गरेका थिए । उनले आफ्नो राष्ट्रको लागि ओलम्पिकमा स्वर्ण र अफ्रीका कप अफ नेसन्सको उपाधि दिलाएका थिए । इटोले सन् २०१४ पछि अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *