यू–१९ एसिया कपः नेपालले दुई विकेट गुमायो

डिसी नेपाल
२२ भदौ २०७६ १०:५५

काठमाडौं । यू–१९ एसिया कप अन्तर्गत बलियो प्रतिद्वन्दी बङ्गलादेशबिरुद्ध नेपालले सामान्य शुरुवात गरेको छ ।

कोलम्बोमा टस जितेपछि बङ्गलादेशले पहिलो फिल्डिङ्ग गर्ने निर्णय लिएको थियो । पहिलो १४ ओभरसम्म सम्हालिएर खेल्ने क्रममा ओपनर रित गौतम र पवन शर्राफले ४५ रन जोडेका थिए । रितले ५३ बलको सामना गर्दै तीन चौका र एक छक्काको मद्दतमा ३२ रन बनाएर आउट भए ।

यस्तै तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका आशिफ शेख पनि सस्तैमा फर्किए। उनले १३ बल खेलेर मात्र ३ रन बनाए। नेपालले खेलका लागि एक मात्र परिवर्तन गरेको छ । बायाँ हाते स्पिनर सुर्य तामाङ्गको स्थानमा सन्दिप जोरालाई ल्याइएको छ ।

नेपालले पहिलो खेलमा श्रीलंकाबिरुद्ध पाँच विकेटको पराजय बेहोरेको थियो । सेमिफाइनलमा प्रवेश गर्नको लागि नेपालले आजको खेल जित्नै पर्नेछ।बङ्गलादेशले आफ्नो पहिलो खेलमा युएईलाई ६ विकेटले पराजित गरेको थियो । समहुमा पहिलो दुई स्थान ओगट्ने टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *