कोहलीले भने –‘सुत्ने बेलामा म भएको भए खेल जिताइदिन्थें भनेर सोच्थे’

डिसी नेपाल
२२ भदौ २०७६ ११:५०

एजेन्सी। भारतीय कप्तान विराट कोहलीको तुलना महान ब्याट्सम्यान सचिन तेन्दुलकरसँग गरिन्छ । यसको कारण विराटको राम्रो ब्याटिङ हो । यद्यपि कोहलीले भने सधैं यो तुलनाबाट दूरी बनाए । कोहलीले भने कि सचिन उनको बाल्यकालका हिरो हुन् ।

विराटले हालै भनेअनुसार उनी सधैं सचिनजस्तै बन्न चाहन्थे र यो कुरा कहिल्यै मान्न अस्वीकार गरेनन् । कोहलीले एक वेब हो ‘इन डेप्थ विथ ग्राहम बेन सिंगर’मा भने कि सचिनले जे गर्ने त्यो विशुद्ध स्किल थियो । सचिन जसरी ब्याटिङ गर्थे त्यो बाँकी सबैभन्दा अलग थियो र यही कुराले उनलाई प्रभावित पार्यो ।

विराटले अगाडि भने ‘मैले सधैं भन्थें कि यो निकै फरक छ र यो यति मनोहर थियो कि म आफ्ना आँखा हटाउन सक्दिनथें । म पसलमा जान्थें अनि चिप्स लगायत किनेपछि टिभीअगाडि केवल उहाँलाई हेर्न बस्थें । यसमा धेरै मजा आउँथ्यो । मैले धैं मानिसहरुसँग भन्थें कि म सचिनजस्तै बन्न चाहन्छु ।’

कोहलीले भने ‘मलाई एउटा कुरा याद छ कि जब म खेल हेरिरहेको हुन्थें र भारतीय टिम लक्ष्यको पिछा गर्दा गर्दै हाथ्र्यो त्यसपछि म सुत्ने समयमा यही सोच्थें कि यदि म त्यो स्थितिमा हुन्थें भने यो खेल जित्थें ।’ कोहलीले अगाडि भने ‘यस्तो मेरो करिअरमा कैयौं पटक भएको छ । म यस्तै खेलमा हिस्सा रहिसकेको छु र टिमका लागि खेल जितेको छु ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *