‘नादेझ्दा कप’ फुटबल आजदेखि, पहिलो खेलमा नेपाल र किर्गीस्तानसँग भिड्ने

डिसी नेपाल
२२ भदौ २०७६ १२:३३

काठमाडौं । किर्गीस्तानमा आजबाट सुरु हुने ‘नादेझ्दा कप’ फुटबलको पहिलो खेलमा नेपालले आज आयोजकसँग खेल्दैछ ।

काराकोलस्थित सेन्ट्रल स्टेडियममा नेपालले किर्गीस्तानको सामना गर्नेछ । प्रतियोगिताको लागि १८ खेलाडी २३ सदस्यीय नेपाली टिम बिहिबार नै किर्गीस्तान पुगिसकेको छ । र, घरेलु टिमविरुद्ध मैदान उत्रदा नेपाल जित निकाल्दै सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ ।

तुलनात्मक रुपमा किर्गीस्तानको महिला टिम नेपाल भन्दा कमजोर मानिएको छ । फिफा वरियतामा किर्गीस्तानको महिला टिम अटाउन सकेको छैन । नेपाल भने १०१ औं स्थानमा रहेको छ । पुरुष फुटबलमा भने किर्गीस्तान एसियाकै बलियो टिममा पर्ने गर्छन् ।

तर, उपाधि जित्ने लक्ष्यसहित किर्गीस्तान पुगेको नेपाली टोलीलाई घरेलु टोलीले कठिन चुनौती भने दिनेछ । किर्गीस्तानलाई घरेलु मैदान र समर्थकको साथ समेत रहन्छ । पहिलो पटक आयोजना हुन लागेको नादेझ्दा कपमा आयोजक किर्गीस्तानसहित नेपाल, उज्बेकिस्तान र ताजिकिस्तानको सहभागिता रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *