२५ औं ओभरमा बंगलादेशको १०० रन पुग्यो, नेपालले तेस्रो विकेट लियो, लक्ष्य २६२

डिसी नेपाल
२२ भदौ २०७६ १५:२४

काठमाडौं। अण्डर १९ एशिया कप अन्तर्गत आजको खेलमा नेपालले दिएको २६२ रनको लक्ष्य पच्छ्याएको बंगलादेशले २५ औं ओभरमा आफ्नो सय रन पूरा गरेको छ । यस क्रममा उसले ३ विकेट गुमाएको छ । नेपाललाई प्रतियोगितामा कायम रहिरहन आजको खेल जित्नैपर्ने दबाब छ । आजको खेल जितेमा नेपाललाई सेमिफाइनल पुग्न सहज हुनेछ । किनकि नेपालले अर्को खेल समूहमा सबैभन्दा कमजोर देखिएको युएइसँग मात्र खेल्न बाँकी हुनेछ ।

आजको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २६१ रन बनाएको हो । नेपालको लागि ओपनर पवन सर्राफले सबैभन्दा धेरै ८१ रन बनाए । सन्दिप जोराले तुफानी इनिङ खेल्दै ३७ बलमै ५६ रन बनाए । रित गौतमले ३२, कुशल मल्ले २८, भीम सार्कीले २१ र कप्तान रोहित पौडेलले १४ रन बनाए ।

लक्ष्य पच्छ्याउने क्रममा बंगलादेशले सुरुवाती २ विकेट २० रन नपुग्दै गुमाएको थियो । बंगलादेशले १७ रनको स्कोरमा तन्जिद हसन र १९ रनको स्कोरमा अनिक सरकार सथुलाई गुमाएको थियो । तर त्यसपछि चौथो विकेटका लागि महमुदुल हसन जोय र तौहिद ह्रिदोयले ७९ रनको पार्टनरशिप गरे । बंगलादेशको स्कोर ९८ रन हुँदा अन्ततः हरिबहादुर चौहानले सफलता पाए । उनले महमुदुल हसन जोयलाई आफ्नै कलमा आफैंले क्याच आउट गरे । २५ ओभरको खेल सकिँदा बंगलादेशले ३ विकेटको क्षतिमा १०३ रन बनाएको छ । अब बाँकी २५ ओभरमा उसलाई १५९ रन चाहिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *