प्रहरीसँग मात्रै हुने पेस्तोल कसरी पुग्यो लुटेरा समूहसँग?
काठमाडौं ।राजधानी काठमाडौंमा लुटपाट र आपाराधिक क्रियाकलाप नियन्त्रण गर्न प्रहरी अहिले सक्रिय छ। यसैक्रममा प्रहरीले आपाराधिक ट्र्याक रेकर्ड भएकाहरुलाई निगरानीमा राखिरहेको छ। उनीहरुका गतिविधिबारे प्रहरीले निगरानी बढाइरँहदा शनिबार राजधानी काठमाडौंको माछापोखरीबाट ८ जना युवाहरुलाई २ थान पेस्तोलसहित पक्राउ परे।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता होविन्द्र बोगटी विभिन्न आपाराधिक क्रियाकलापमा रहेको आशंकामा खोजतलासी गर्दा ८ जना युवाहरु २ थान पेस्तोलसहित पक्राउ परेको जानकारी दिए। प्रहरीले हतियारसहित आपारिक समूहलाई पक्राउ गर्नू सफलता भएको दावी गरेको छ। हुन पनि पेस्तोलसहित रहेको सो समूहले जे पनि घटना गराउन सक्थ्यो ।
घटना गराउनु अघि नै उनीहरु प्रहरीको फन्दामा परेपछि प्रहरीले सम्भाभित अपराध रोक्न सफलता पाएको छ।
तर, प्रहरी त्यतिबेला शक्ड भयो जब उनीहरुसँग रहेको हतियारबारे छानविन भयो।
प्रहरीसँग मात्रै हुने पेस्तोल लुटेरा समूहबाट बरामद भएपछि प्रहरी यो पेस्तोल उनीहरुसम्म कसरी पुग्यो भन्ने छक्क परेको छ ।
शनिबार पक्राउ परेका लुटपाटमा संलग्न ८ जनाबाट प्रहरीले दुईवटा ७.२२ एमएम चाइनिज पेस्तोल, ४ राउण्ड गोली र २ थान म्यागजिन पनि बरामद थियो ।
उनीहरुबाट बरामद भएका पेस्तोल प्रहरीसँग मात्रै हुने काठमाडौं प्रहरी परिसरका प्रहरी उपरीक्षक (एसपी) अशोक सिंहले बताए ।
द्वन्द्वकालमा माओवादीले लुटेको पेस्तोल लुटेरा समूहसँग पुगेको हुन सक्ने प्रहरीको अनुमान छ ।
पक्राउ परेका ८ जनामध्ये रसुवाका यार्साङ घले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता भएकोले माओवादीले लुटेको पेस्तोल हुनसक्ने आशंका गरिएको हो । यसबारे थप अनुसन्धान भइरहेको एसपी सिंहले बताए ।
निबार हतियारसहित पक्राउ पर्नेमा विप्लवका कार्यकर्ता रसुवाका योर्साङ घले पनि रहेका महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।
त्यस्तै पक्राउ पर्नेमा नेपाली सेनाका भगौडा कुशल अधिकारी पनि रहेका छन् । हाल हाइ रेष्टुरेन्ट एन्ड डान्सबारका सञ्चालक रहेका उनी गोरखाका हुन् ।
पक्राउ पर्ने अन्यमा रामबहादुर तामाङ, धर्मराज तामाङ, युवराज भण्डारी, विजय तामाङ, पिटर तामाङ र राजन तामाङ रहेका छन् । उनीहरुको साथबाट दुईवटा चाइनिज पेस्तोल, दुईवटा म्याग्जिन र चार राउण्ड गोली र एक किलो सुन प्रहरीले बरामद गरेको परिसरका एसपी अशोक सिंहले बताए ।
Facebook Comment