नेकपा र काँग्रेससँग दलित समूदायको असन्तुष्टि

काठमाडौं। दलित समूदायले जातीय विभेद र छुवाछुत हुन नदिन गरिएको संवैधानिक व्यवस्था पनि कार्यान्वयनमा लैजान सरकार र प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस प्रतिवद्ध नरहेको भन्दै आपत्ति जनाएका छन् ।
संयुक्त राजनीतिक दलित संघर्ष समितिले आइतबार काठमाडौंमा पत्रकार सम्मेलनमा गरी आफूहरुको अधिकार सुनिश्चित हुने गरी संविधानमा गरिएको व्यवस्था पनि कार्यान्वयनमा गर्न सरकार र प्रमुख प्रतिपक्ष दल काँग्रेस तयार नभएको दावी गर्दै आन्दोलनमा जान बाध्य हुने चेतावनी पनि दिएको हो ।
दलित समुदायका लागि संविधानमा गरिएको कुनै पनि व्यवस्था कार्यान्वयनमा लैजाने काम सरकार र राजनीतिक दलहरुले नगरेपछि त्यस विरुद्ध आन्दोलनमा जाने अवस्था आएको निश्कर्षमा पुगिएको जात व्यवस्था उन्मुलन मोर्चा, नेपालका संयोजक राजकुमार हिङमाङले जानकारी दिए।
दलितसँग सम्बन्धित विभिन्न संघ, संगठनहरु आवद्ध रहेको सो संघर्ष समितिले दलित मुक्तीका लागि आन्दोलनमा जाने तयारीमा रहेको उल्लेख गर्दै त्यसमा साथ दिन पनि सबैलाई अपिल गरेको छ ।
Facebook Comment