किर्गिजिस्तानको पोस्टमा नेपालको ८ गोल

डिसी नेपाल
२२ भदौ २०७६ १७:४८

काठमाडौं । सावित्रा भण्डारीको ह्याट्रिक प्रेरित नेपालले नाडेज्दा कप फुटबलमा किर्गिस्तानमाथि ८–२ को शानदार जीत निकालेको छ । सुरुआतदेखि नै घरेलु टोलीविरुद्ध आक्रमक बनेको नेपालले पहिलो हाफ सकिँदा ४ गोलको अग्रता बनाएको थियो ।

नेपालकी लागि सावित्राले ह्याट्रिक गर्दा कप्तान निरु थापा, अनिता बस्नेत र दिपा राइले गोल गरेकी छन् । खेल सुरु भएको चौथौ मिनेटमा नै अग्रता दिलाएकी सावित्राले ३० औं मिनेटमा ह्याट्रिक पूरा गरेकी हुन् । ४ औं मिनेटमा पहिलो गोल गरेकी सावित्राले १५ औं मिनेटमा दोस्रो तथा ३० औं मिनेटमा ह्याट्रिक गरिन् ।

दिपा राइले २५ औं मिनेटमा गोल गर्दा अनिता बस्नेतको ३४ औं मिनेटमा गोल गरीन् । यस्तै कप्तान निरु थापाले ३७ औं मिनेटमा गोल गर्दै पहिलो हाफमा टोलीलाई ६–२ को अवस्थामा पुर्याएकी हुन् । किर्गिस्तानले १९ औं मिनेट तथा २२ औं मिनेटमा गोल गरेको हो । दोस्रो हापफको ५२ औं मिनेटमा तथा ८९ औं मिनेटका १–१ गोल थप्दै नेपालले ८–२ को नतिजा निकालेको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *