काठमाडौं आइपुगे वाङ

काठमाडौं। चिनियाँ विदेशमन्त्री वाङ यी तीन दिने नेपाल भ्रमणका क्रममा आइतबार साँझ काठमाडौं पुगेका छन्। उनी पाकिस्तानबाट सिधै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका हुन्।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको निमन्त्रणमा नेपाल आएका वाङले नेपालमा रहँदा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली, प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालगायत नेताहरुसँग राजनीतिक भेट गर्नेछन्।
यस्तै सोमबार नेपाल र चीनबीच द्विपक्षीय वार्तासमेत हुनेछ। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री ज्ञवालीले गर्नेछन् भने चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व वाङले गर्ने छन्।
चिनियाा राष्ट्रपति सि जिङपिनको काठमाडौंमा भ्रमण गराउन विदेशमन्त्रीको यो भ्रमण भएको बताइएको छ। राष्ट्रपति सिको नेपाल भ्रमणको मिति नतोकिए पनि दुबै पक्ष उनको भ्रमणको तयारीमा जुटेको स्पष्ट संकेत देखिएको छ।
Facebook Comment