सीपीएल : पहिलो खेलमै सन्दीप लामिछानेको टिम पराजित

डिसी नेपाल
२३ भदौ २०७६ ८:२३

काठमाडौँ । क्यारेवियन प्रिमियर लिग सीपीएलमा नेपाली खेलाडी सन्दीप लामिछानेको टिम पहिलो खेलमा नै पराजित भएको छ ।

गएराति भएको खेलमा सन्दीप लामिछानेको बार्बाडोस ट्रिडेन्स टिम बार्बाडोस गुयना एमेजोनसँग ४७ रनले पराजित भएको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको गुएनाले २० ओभरमा चार विकेट गुमाउँदै एक सय ८० रन बनाएको थियो।

जवाफमा सन्दीपको टिम बार्बाडोस १६ ओभर एक बलमा एक सय ३३ रनमा अलआउट भयो ।

यो सिजनको सीपीएलको पहिलो खेलमा बार्बाडोसको प्लेइङ सेटमा नै परेका सन्दिपले एक ओभरमा मात्र ५ रन दिएका छन् ।

बलिङ पनि पुरै ओभर गर्न नपाएका सन्दीपले ब्याटिङमा दुई बल फेस गर्दा शून्य रनमा नै आउट भए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *