इंग्ल्यान्डलाई हराउँदै अष्ट्रेलियाले एसेज ट्रफी जोगायो

डिसी नेपाल
२३ भदौ २०७६ ११:०४

एजेन्सी । एसेज सिरिजको चौथो टेस्टमा अष्ट्रेलियाले इंग्ल्यान्डलाई १ सय ८५ रनले हराएको छ । यो जितसँगै पाँच खेलको एसेज सिरिजमा अष्ट्रेलियाले २–१ को अग्रता लिएको छ । यससँगै अष्ट्रेलियाले एसेज ट्रफी रक्षा गरेको छ ।

इंग्ल्यान्ड अन्तिम दिन ९१.३ ओभरमा १ सय ९७ रनमा अल आउट भएपछि फराकिलो हार बेहोरेको हो । इंग्ल्यान्डका लागि ओपनर जो डेनली ५३, जेसन रोय ३१, जोनी बेयरस्टो २५ र जस बटलर ३४ रनमा आउट भए । अष्ट्रेलियाको जितमा प्याट कमिन्सले ४,जोसन हेजलवुड र नाथन लायनले समान २ विकेट लिए । मिचेल स्टार्कको नाममा १ विकेट रह्यो ।

स्टिभ स्मिथले ३ सय १९ बलमा २४ चौका र २ छक्का सहित २ सय ११ रन जोडेपछि अष्ट्रेलियाले पहिलो इनिङमा ४९७-८ को समाप्तीमा इनिङ समाप्तीको घोषणा गरेको थियो । पहिलो इनिङमा इंग्ल्यान्ड ३ सय १ रनमा अल आउट भएपछि १ सय ९६ रनले पछि परेको थियो ।

पहिलो इनिङमा इंग्ल्यान्डका कप्तान जो रुट ७१ र रोय ब्रुन्सले ८१ रन जोड्न बाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेनन् । अष्ट्रेलियाका जोश हेजलवुड ४,मिचेल स्टार्क र प्याट कमिन्सले समान ३ विकेट लिए । स्मिथले पुन ८२ रनको योगदान दिएपछि १८६–६ को अवस्थामा अष्ट्रेलियाले दोस्रो इनिङको समाप्ती गर्दै इंग्ल्यान्डलाई ३ सय ८३ रनको लक्ष्य दिएको थियो ।

पहिलो खेलमा अष्ट्रेलियाया विजयी हुँदा दोस्रो खेल ड्र भएको थियो । त्यस्तै तेस्रो खेलमा इंग्ल्यान्डले जितेको थियो । अन्तिम तथा पाँचौ टेष्ट १२ सेप्टेम्बर देखी सुरु हुने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *