आज फेरि बढ्यो सुुनको भाउ, तोलाको कति पुग्यो

काठमाडौँ । अघिल्लो साता शुक्रबारबाट लगातार २ दिन घटेको सुनको भाउ आज सोमबार भने पुन उकालो लागेको छ ।
आज सुन प्रतितोला २ सय रुपैयाँले बढेको छ । छापावाल सुन प्रतितोला ७१ हजार ७ सय तथा तेजावी सुन प्रतितोला ७१ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आइतबार छापावाल सुन प्रतितोला ७२ हजार ५ सय तथा तेजावी सुन ७२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
आज सुनको भाउ बढेपनि चाँदीको भाउ भने ओरालो लागेको छ । आज चाँदी प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भईरहेको छ । आइतबार चाँदी ८ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।
काठमाडौँ र उपत्यका आसपासका केही स्थान बाहेकका जिलामा भने सुनचाँदीको भाउ केही बढी पर्न सक्ने छ ।
प्रतिक्रिया
Facebook Comment