युरोकप छनोटमा स्पेनको फराकिलो जित

डिसी नेपाल
२३ भदौ २०७६ ११:२८

एजेन्सी । युरो कप छनोट अन्तर्गत आइतबारको खेलमा स्पेनले फरो आइल्यान्डमाथि ४-० को फराकिलो जित दर्ता गरेको छ ।

स्पेनको जितमा रोड्रिगो र पाको अल्कासेरले २-२ गोल गरे । खेलको १३ औं मिनेटमा नै मिकेल ओराजबालको पासमा रोड्रिगोले स्पेनमा लागि गोलको खाता खोले । स्पेनले बलमा पकड जमाउँदै थप आक्रमण गरेपनि पहिलो हाफमा गोल थप्न भने सकेन ।

दोस्रो हाफको सुरुवातमै रोड्रिगोले स्पेनको अग्रता दोब्बर पारे । खेलको दोस्रो हाफको इन्ज्युरी समयमा अल्कासेरले दुई गोल गर्दै फराकिलो जित पक्का गरे । वैकल्पिक खेलाडीका रुपमा मैदान छिरेका अल्कासेरले थियागो अलाकान्टराको पासमा पहिलो गोल गरे । लगत्तै जोसे गायनको पास सदुपयोग गर्दै ४-० को जित सुनिश्चित गरे ।

आइतबारै भएको स्वीडेन र नर्वेको खेल १-१ को बराबरीमा सकियो । नर्वेले स्टेफन जोहान्सनको ४५ औं मिनेटको गोलमा अग्रता लिएको थियो ‌। उनलाई मार्टिन ओडेगार्डले पास उपलब्ध गराएका थिए । स्वीडेनका लागि एमिल फोर्सबर्गले ६० औं मिनेटमा बराबरी गोल फर्काए ।

यस जितसँगै स्पेनले युरो छनोटको समूह एफमा शत प्रतिशत जित यात्रा कायम राखेको छ । स्पेनले खेलेका ६ खेलबाट १८ अंक जोडेको छ ‌। स्वीडेनको ६ खेलमा ११ अंक तथा रोमानियाले ६ खेलमा १० अंक जोडेको छ । नर्वे ९ अंक माल्टा ३ अंक र अंकविहिन फरो आइल्यान्ड पुछारमा छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *