दुर्घटनामा परेकी हिसिला यमीको स्वास्थ्य अवस्था सामान्य, आजै डिस्चार्ज हुँदै

काठमाडौं । आइतबार बेलुका स्कुटर दुर्घटनामा परेकी पूर्व मन्त्री तथा समाजवादी पार्टीकी नेतृ हिसिला यमीको स्वास्थ्य अवस्था सामान्य रहेको पारिवारिक स्रोतले जनाएको छ।
आइतबार साँझ ललितपुरबाट फर्किनेक्रममा ग्वार्कोमा मोटरसाइकलले ठक्कर दिएको थियो। त्यसपछि उनलाई उपचारका लागि बी एण्ड बी अस्पताल पुर्याइएको थियो। नेतृ यमीको सबै मेडिकल रिपोर्ट सामान्य रहेको उनकी छोरी मानुसी यमी भट्टराईले डिसी नेपाललाई जानकारी दिइन्।
उनले भनिन्, ‘सिटी स्क्यानसहितका सबै रिपोर्ट सामान्य छन्। अस्पतालले आजै डिस्चार्ज गर्ने भनेको छ।’ उनका अनुसार अस्पतालले दिउँसो ३ बजेतिर डिस्चार्ज गर्ने तयारी गरेको छ।
प्रतिक्रिया
Facebook Comment