युरोकप छनोटमा स्विजरल्याण्डको सहज जित

डिसी नेपाल
२३ भदौ २०७६ १२:१७

एजेन्सी । सन् २०२० मा आयोजना हुने युरो कप छनोटमा स्विजरल्याण्डले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा स्विजरल्याण्डले जिब्राल्टरलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

स्विजरल्याण्डको जितमा डेनिस जाकारिया, अद्मिर मेहेडी, रिकार्डो रोड्रिगेज र मारियो गाभर्नोभिकले एक एक गोल गरे । जितसँगै समूह ‘डी’ को स्विजरल्याण्डले ४ खेलबाट ८ अंक जोडेको छ । स्विजरल्याण्ड तालिकाको तेस्रो स्थानमा रहेको छ ।

जित विहिन बनेको जिब्राल्टर पुछारमा रहेको छ । यसै समूहको अर्को खेलमा जर्जिया र डेनमार्कले गोलरहित बराबरी खेल्दै अंक बाडेका छन् ।

बराबरीसँगै डेनमार्कले ५ खेलमा ९ अंक जोडेको छ । डेनमार्क दोस्रो स्थानमा छ । ४ अंक जोडेको जर्जिया चौंथो स्थानमा छ । यस समूहमा ११ अंक जोडेको आयरल्याण्ड शीर्ष स्थानमा छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *