कासिलासको रेकर्ड बराबरी गरेपछि रामोसले भने – ‘२०० पुर्याउने लक्ष्य छ’

डिसी नेपाल
२३ भदौ २०७६ १४:५१

काठमाडौं। स्पेनका कप्तान सर्जियो रामोसले आइतबार इकर कासिलासले बनाएको स्पेनका लागि सबैभन्दा धेरै खेलको रेकर्ड तोडेपछि आफ्नो लक्ष्य यो सूचीको शीर्षमा पुग्ने भएको बताएका छन् । रामोसले आइतबार स्पेनका लागि १६७ औं अन्तर्राष्ट्रिय खेल खेल्दै स्पेनकै इकर कासिलासको सर्वाधिक अन्तर्राष्ट्रिय खेलको बराबरी गरेका हुन् ।

‘रेकर्ड तोडिनको लागि बनेका हुन्छन्’ खेलपछि मिडियासँग कुरा गर्दै रामोसले भने ‘आशा छ यो उत्साह र महत्वाकांक्षाले मलाई सधैं प्रेरणा दिइरहेको हुन्छ र म स्पेनको लागि २०० खेल खेल्ने लक्ष्यसहित अगाडि बढिरहेको छु ।’ कासिलासले आफ्नो रेकर्ड बराबरी गरेका रामोसलाई ट्वीट गर्दै बधाइ दिएका थिए ।

‘इकरको प्रशंशाले म निकै उत्साहित छु’ रामोसले भने‘मैले अझै उनको आँकडा उछिन्दै अगाडि बढ्नु छ र आशा छ म अझै केही वर्ष आफ्नो देशका लागि खेल्न सक्छु ।’ विश्व फुटबलमा सर्वाधिक खेल खेल्ने कीर्तिमान अहमद हसनको नाममा छ । उनले इजिप्टको राष्ट्रिय टोलीका लागि १ सय ८४ खेल खेलेका छन् । युरोपमा भने यो कीर्तिमान जियानलुइजी बुफोनको नाममा रहेको छ । बुफोनले इटालीको जर्सीमा १ सय ७६ खेल खेलेका छन् । रामोस अब बुफोनभन्दा ९ खेल र हसनभन्दा १७ खेल पछाडी रहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *