पहिलो खेलमा किर्गिस्तानलाइ ८ गोल हानेको नेपाल उज्वेकिस्तानसँग पराजित

डिसी नेपाल
२३ भदौ २०७६ १५:१९

काठमाडौं । किर्गिस्तानमा जारी नादेज्दा कप महिला फुटबल प्रतियोगितामा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ । किर्गिस्तानको काराकोलस्थित केन्द्रीय रङ्गशालामा आज भएको दोस्रो खेलमा नेपाल उज्वेकिस्तानसँग २–० गोलअन्तरले पराजित भएको हो । सोही मैदानमा आइतबार भएको पहिलो खेलमा नेपालले किर्गिस्तानलाई ८–२ गोलले हराएको थियो ।

जीतसँगै दुई खेल खेलेको उज्वेकिस्तानले अपराजित रहँदै ६ अङ्क बटुलेको छ । आइतबार भएको खेलमा उज्वेकिस्तानले ताजकिस्तानलाई १२–० गोलअन्तरले पराजित गरेको थियो । त्यस्तै समान दुई खेल नै खेलेको नेपालको तीन अङ्क छ ।

नेपालले अब आफ्नो तेस्रो खेल मंगलबार ताजिकिस्तानसँग खेल्नेछ । नेपालले पहिलो तथा दोस्रो हाफमा समान एक/एक गोल नै खायो। उज्वेकिस्तानले खेलको ३४ र ५१औं मिनेटमा गोल गरेको थियो।

नादेज्दा कपमा नेपालसँगै किर्गिस्तान, उज्वेकिस्तान र ताजकिस्तान सहभागी छन्। लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि भिड्नेछन् । प्रतियोगिताको फाइनल खेल भदौ २६ गते हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *