अफगानिस्तानको जितमा पारस खड्काले दिए बधाई

डिसी नेपाल
२३ भदौ २०७६ १८:४३

काठमाडौं । अफगानिस्तानले बंगलादेशलाई उसकै घरेलु मैदानमा भएको टेष्ट क्रिकेटमा पराजित गरेपछि नेपाली क्रिकेट टिमका कप्तान पारस खड्काले बधाई दिएका छन्।

ट्वीटरमा कप्तान खड्काले अफगान क्रिकेट बोर्ड र अफगानिस्तानका कप्तान रासिद खानलाई मेन्सन गर्दै बधाई दिएका छन्।

रासिद खानले आफ्नो कप्तानीमा खेलेको पहिलो टेष्टमा नै अफगानिस्तानलाई जित दिलाएका छन् । कप्तान खानको उत्कृष्ट प्रदर्शनसँगै अफगानिस्तानले बंगलादेशलाई २२४ रनले हराएको हो । ३८३ रनको लक्ष्य पछ्याएको बंगलादेशले ६ विकेटको क्षतिमा बनाएको १३६ रनबाट पाँचौं तथा अन्तिम दिनको खेल थालेको थियो । तर वर्षाले पटकपटक खेल रोकियो ।

वर्षा रोकिएपछि सुरु भएको खेलमा जाहिर खानले सकिब अल हसनको विकेट लिए । त्यसपछि रासिद खानले मेहदी हसन मिराज र तैजुल इस्लामलाई पभेलियनको बाटो देखाए । उनले दशौं विकेटका रुपमा शौम्य सरकारलाई आउट गरे । दोस्रो पारीमा मात्र उनले ६ विकेट लिए ।

यसअघि अफगानिस्तानले रहमत शाहको शतकको मदतमा पहिलो पारीमा ३४३ रन बनाएको थियो । बंगलादेशलाई २०५ रनमा समेटेको उसले दोस्रो पारीमा २६० रन बनाएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *