रवि लामिछानेलाई थुनामा राख्न माग गर्दै उच्च अदालतमा सरकारी वकील कार्यालयको निवेदन

डिसी नेपाल
२३ भदौ २०७६ २१:५०

काठमाडौ। सरकारी वकिलको कार्यालय, हेटौंडाले पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा आत्महत्या दुरुत्साहन आरोपमा धरौटीमा रिहा भएका आरोपी टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने, युवराज कँडेल तथा अस्मिता कार्कीलाई हिरासतमै राखेर अनुसन्धान गर्नुपर्ने माग गर्दै सोमबार उच्च अदालत पाटनको हेटौंडा इजलासमा निवेदन दिएको छ।

केही दिनअघि चितवन जिल्ला अदालतको धरौटी लिने तथा विदेश भ्रमणमा प्रतिबन्ध लगाउने निर्णयविरुद्ध आरोपी लामिछानेले हटौंडा इजलासमा निवेदन दिएका थिए।

लामिछानेले दिएको निवेदनमा निर्णय नआउँदै हटौंडा सरकारी वकीलको कार्यालयले धरौटीमा रिहा गर्ने चितवन जिल्ला अदालतको निर्णय बदर गरी हिरासतमै राखी अनुसन्धान प्रक्रिया अगाडि बढाउन माग राखी निवेदन दिएको हो।

जिल्ला अदालत चितवनका न्यायाधीश हेमन्त रावलको एकल इजलासले रविलाई ५ लाख, कँडेललाई ३ लाख र कार्कीलाई साधारण तारेखमा छाड्ने आदेश गरेको थियो।

उक्त आदेश बदर हुनु पर्ने माग गर्दै सरकारी पक्षले पनि निवेदन दिएको हो। निवेदन उपर मंगलबार सुनुवाई हुने भएको छ।

पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोग लागेका लामिछाने र कँडेल जिल्ला अदालत चितवनले भदौ ९ गते क्रमशः ५ र ३ लाख रुपैयाँ धरौटी मागेको थियो। १० दिन जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा बसेका उनीहरु धरौटी रकम बुझाएर रिहा भएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *