यू–१९ एसिया कपः सान्त्वना जितको खोजिमा नेपाल

डिसी नेपाल
२४ भदौ २०७६ ६:३२

काठमाडौं । श्रीलंकामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटको समूह चरणबाटै बाहिरिएको नेपालले आज समूह चरणको अन्तिम खेल खेल्दैछ ।

सुरुवाती दुई खेल हारेर प्रतियोगिताबाट बाहिरिसकेको नेपालले युएईसँग खेल्न लागेको हो । नेपाल र युएईबीचको खेल नेपाली समय अनुसार बिहान ९ः४५ मा सुरु हुनेछ ।

युएईविरुद्ध मैदान उत्रदा नेपालको लक्ष्य सान्त्वना जित निकाल्नु हुनेछ । नेपाल एक जितसहित घर फर्कन चाहन्छ । त्यसका लागि नेपाल तुलनात्मक कमजोर टिम युएईलाई शिकार बनाउने योजनामा हुनेछ ।

तर, युएईविरुद्ध जित निकाल्न नेपाललाई सहज भने हुने छैन । युएई पनि सान्त्वना जित निकाल्दै घर फर्कन चाहन्छ । समूह बी मा दुई खेल गुमाएको नेपाल अंक विहिन रहदै तेस्रो स्थानमा छ । युएई पुछारमा छ ।

नेपालले पहिलो खेलमा श्रीलंकासँग ५ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा बंगलादेशसँग ६ विकेटले पराजित हुँदा नेपालको सेमिफाइनल सम्भावना सकिएको थियो ।

यस समूहबाट आयोजक श्रीलंका र बंगलादेश सेमिफाइनल पुगिसकेको छ । समूह विजेताको तय भने मंगलबार नै हुने दुईबीचको खेलबाट हुनेछ । जित निकाल्ने टिम समूह विजेता बन्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *