बेल्जियमको सहज जित, स्कटल्याण्ड युरो छनोटबाट बाहिरियो

डिसी नेपाल
२४ भदौ २०७६ ६:५०

एजेन्सी । स्कटल्याण्ड युरो कप छनोटबाट बाहिरिएको छ । सोमबार राति भएको खेलमा बेल्जियमसंग ४–० गोल अन्तरले पराजित हुदै स्कटल्याण्डको युरो कप खेल्ने सम्भावना सकिएको हो ।

रोमेलु लुकाकुले नवौ मिनेटमा ब्रुयनाको पासलाई सदुपयोग गर्दै बेल्जियमलाई सुरुवाती अग्रता दिलाएका थिए । थोमस वर्मालेनले २४ औ मिनेटमा अग्रता दोब्बर पारे ।

टोबी एल्डरविरेल्डले ३२ औ मिनेटमा बेल्जियमलाई ३–० ले अघि बढाए । खेल सकिन ८ मिनेट बाँकी छदाँ ब्रुयनाले गोल गर्दै बेल्जियमलाई प्रभावशाली जित दिलाए ।

शीर्ष स्थानको बेल्जियमले समुह आईको खेलमा सतप्रतिशत जित निकाल्दै ६ खेलबाट १८ अंक जोडेको छ । स्कटल्याण्डको ५ खेलबाट ६ अंक छ।स्कटल्याण्ड दोस्रो स्थानको रुस भन्दा ९ अंकले पछाडी परेको छ । स्कटल्याण्डले अब मात्र तीन खेल खेल्न बाँकी छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *