श्रीलंकाको टोली पाकिस्तान नजाने!

डिसी नेपाल
२४ भदौ २०७६ ७:२६

काठमाडौं । श्रीलंका क्रिकेट टिमका खेलाडीहरु पाकिस्तान जान अस्वीकार गरेका छन् । सेप्टेम्बर २७ देखि सुरु हुने तीन एक दिवसीय र तीन टी–२० सिरिजका लागि श्रीलंकाको टोली पाकिस्तान जाने कार्यक्रम रहेको थियो। तर खेलाडीहरुले सुरक्षाको कारण देखाउँदै पाकिस्तान जान अस्वीकार गरेका छन्।

श्रीलंकाले पाकिस्तानसँग दुई टेस्ट म्याच पनि खेल्ने भनिएको थियो । यद्यपि त्यसको मिति र स्थान सार्वजनिक भइसकेको थिएन । श्रीलंका क्रिकेट बोर्डले पाकिस्तान जाने कि नजाने भन्ने विषयमा आफ्ना खेलाडीहरुसँग छलफल आयोजना गरेको थियो ।

उक्त विषयमा निर्णय गर्न स्वयं खेलाडीहरुलाई नै भनिएको थियो । थिसरा परेरासहित १० खेलाडीहरुले पाकिस्तान नजाने निर्णय लिएको श्रीलंका क्रिकेट बोर्डले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । श्रीलंकाका खेलमन्त्री हरिन फर्नान्डोले पाकिस्तानमा टेष्ट म्याच नखेल्ने बरु त्यसको सट्टा यूएईमा गएर खेल्न सकिने बताएका छन् । यूएईमा पाकिस्तानले धेरै टेस्ट म्याच खलिसकेको छ ।

सन् २००९ मा श्रीलंकाका खेलाडीहरुमाथि पाकिस्तानमा आक्रमण भएको थियो । त्यसपछि एक पटकमात्र श्रीलंकाको टोली पाकिस्तान गएको छ । सन् २००९ मा एक टेस्ट म्याचका लागि पाकिस्तान पुगेको श्रीलंकाको टोली सवार बसमा लाहोरमा आतंकवादी आक्रमण भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *