नबीले लिए टेष्टबाट सन्यास

डिसी नेपाल
२४ भदौ २०७६ ८:०४

एजेन्सी । अफगानिस्तानका पूर्व कप्तान तथा टिमका अनुभवी खेलाडी मोहम्मद नबीले टेस्ट क्रिकेटबाट संन्यास लिएका छन्। बंगलादेशविरूद्धको टेस्ट अगाडि नै संन्यासको घोषणा गरेका उनले सोमबार टेष्ट जितेपछि सन्यास लिएका हुन्।

सोमबार बंगलादेश अफगानिस्तानसँगको टेस्टमा पराजित भएको थियो। जितले गर्दा नबीको संन्यास सुखद् रह्‍यो। अन्तिम टेस्टपछि उनलाई साथी खेलाडीले ‘गार्ड अफ अनर’ दिएका थिए।

टेस्टबाट संन्यास लिए पनि नबीले वान डे र टि–२० भने निरन्तर खेल्नेछन्। ३४ वर्षका नबीले अफगानिस्तानका लागि ३ टेस्ट खेलेका छन्। अफगानिस्तानले पनि हालसम्म ३ टेस्ट नै खेलेको छ।

संन्यास लिएका नबीले टेस्टमा भने खासै प्रदर्शन गर्न सकेनन्। उनले ३ खेलमा केवल ३३ रन जोडे। यसक्रममा उनको सर्वाधिक स्कोर २४ रह्‍यो। ब्याटिङमा नजमेपनि बलिङमा भने उनको प्रदर्शन राम्रो रह्‍यो। उनले कुल ८ विकेट लिएका छन्।

अफगानिस्तानका लागि १८ वर्ष खेलेका मोहम्मद नबी देशको पहिलो वान डे तथा टि–२० टोलीमा समेत सामेल थिए। उनले १२१ वान डेमा २ हजार ६ सय ९९ रन बनाएका छन् भने १२८ विकेट लिएका छन्। यसका अलावा टि–२० क्रिकेटमा ६८ खेल खेलेका उनले १ हजार १ सय ६१ रन जोडेका छन्। यसक्रममा उनले ६९ विकेट लिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *