पेनाल्टीमा गोल गर्न नसक्दा समर्थकले गरे कप्तानको घरमा आक्रमण!

डिसी नेपाल
२४ भदौ २०७६ ८:३३

एजेन्सी । राष्ट्रिय टिमका कप्तानले महत्वपूर्ण खेलमा पेनाल्टीमा गोल गर्न नसकेपछि आक्रोशित भएका समर्थकले खेलाडीको घरमा आक्रमण गरेका छन् ।

विश्वकप फुटबल २०२२ को छनौट अन्तर्गत सियारलियोनका कप्तान उमारु बान्गुराले आइतबार भएको लाइबेरियासँगको खेलको इन्जुरी समयमा पाएको पेनाल्टीमा गोल गर्न सकेनन् ।

जसका कारण लाइबेरिया समग्रमा ३–२ ले विजयी हुँदै छनौट चरणको अघिल्लो चरणमा प्रवेश गरेको छ । सियरालियान भने छनौट चरणको अघिल्लो प्रक्रियामा जान सकेन ।

टिम पराजित भएपछि आक्रोशित भएका समर्थकले बान्गुराको घरमा ढुंगा प्रहार गरेका बीबीसीले जनाएको छ । राजधानी फ्रिटाउनमा रहेको उनको घरको ढोका तथा झ्यालमा क्षति पुगेको छ ।

बान्गुराले पेनाल्टीमा गोल गर्न नसकेको कुरालाई मजाक बनाउँदै गित पनि बनाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *